
काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको शक्ति संघर्षबीच मुलुकको राजनीतिक तापक्रम झन् बढाउने अभिव्यक्ति सार्वजनिक भएको छ। वर्तमान सरकारका अर्थमन्त्री रामेश्वर खनालले निर्वाचन मिति परिवर्तन हुने कुनै सम्भावना नरहेको संकेत गर्दै सामाजिक सञ्जालमार्फत स्पष्ट सन्देश दिएका छन्।
खनालले बुधबार राति आफ्नो फेसबुक स्टाटसमा छोटो तर प्रभावशाली सन्देश लेख्दै “निर्वाचन फागुन २१ मै हुन्छ” भनेका छन्। कांग्रेसभित्र देखिएको विभाजन र त्यसले सम्भावित राजनीतिक अस्थिरता ल्याउने चर्चा चलिरहेका बेला आएको उनको यो अभिव्यक्तिलाई सिधै निर्वाचन स्थगनसम्बन्धी अड्कलबाजीलाई खारेज गर्ने सन्देशका रूपमा हेरिएको छ।
यसअघि कांग्रेसका दुबै पक्ष निर्वाचन आयोग पुगेर आ–आफ्नो नेतृत्व र केन्द्रीय समितिको वैधानिकताको दाबी गरिरहेका बेला सरकारको जिम्मेवार मन्त्रीबाट आएको यस्तो स्पष्ट अभिव्यक्तिले राजनीतिक वृत्तमा ठूलो तरंग ल्याएको छ।
विशेष महाधिवेशन समूह र सभापति शेरबहादुर देउवा पक्षबीच पार्टी वैधानिकतामाथि संघर्ष चुलिँदै जाँदा निर्वाचनै प्रभावित हुने हो कि भन्ने प्रश्न उठिरहेका थिए। तर अर्थमन्त्री खनालको स्टाटसले सरकार चुनावी कार्यतालिकामा अडिग रहेको सन्देश दिएको छ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो