
झापा । शिवसताक्षी नगरपालिका–२ मा ‘नेक ब्लास्ट’ रोगका कारण बर्खे धान पाक्न नपाउँदै बोटमै सुकेको छ । नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले सो वडाका नौ जना किसानले नौ बिघामा खेती गरेको हर्दिनाथ–१ जातको धानको बोट सुकेको बताए ।
धानबाली पाक्ने बेलामा रोगको सङ्क्रमण भएपछि नष्ट भएपछि किसानले निरास भएर स्थानीय पालिका गुहारेका छन् । ‘लहलह धानका बाला झुल्न थालेको थियो,’ एक विघा १५ कठ्ठामा लगाएको धान सुकेको बताउँदै स्थानीय शिवकुमारी मैनालीले भनिन्, ‘एक्कासी के रोग आयो, एकैरातमा सबै धान सर्लक्कै सुकेर भुस सरह भयो।’
उनले हाल सुकिसकेको धानको बोटलाई खेतबाट हटाउन समेत समस्या भएको बताइन् । बर्खे धान पाकेपछि किसानले हिउँदे धान लगाउने चलन थियो । तर, बर्खे धानमा क्षति भएपछि अब अर्को धान रोप्ने कि नरोप्ने भन्ने चिन्ता थपिएको मैनालीको भनाइ छ । धानबाली लगाउँदा किसानले मल, बीउ, सिँचाइ र श्रममा धेरै लगानी गरेका हुन्छन् । ‘धान पाकेपछि दिउँला भनेर खेत जोत्न ट्याक्टर र खेताला लगाएकी थिएँ,’ किसान सुशीला काफ्लेले भनिन् ।
नेक ब्लास्ट रोग धानको बीउबाट सर्ने भएकाले ब्याडमा धान छर्नुअघि बीउ धानको उपचार गर्न आवश्यक रहेको कृषि शाखा प्रमुख भट्टराईले बताए । किसानले बीउ उपचार नगरी रोप्दा र नाइट्रोजनयुक्त मल बढी प्रयोग गर्दा पनि यस्ता समस्या निम्तिने उनको भनाइ छ । पाँच वर्षअघि यस्तै डढुवा रोगले धान सखाप पारेको उनले बताए ।
उनले समस्या देखिएका क्षेत्रमा रोग नियन्त्रणका लागि किसानलाई पालिकाद्वारा निःशुल्क विषादी उपलब्ध गराइरहेको बताए । माटो परीक्षण गरी प्राविधिकको सिफारिस अनुसार मात्रै रासायनिक मलको प्रयोग गर्नसके यस्ता रोगको प्रकोप नदेखिने उनको भनाइ छ ।













समाचार
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज