काठमडौं । नेपाल शेर्पा संघको अध्यक्षमा आङ देण्डी शेर्पाले उम्मेदावारी दिने घोषणा गरेका छन् । हाल संघको सल्लाकार रहेका शेर्पाले संघको ७ औँ माहाधिवेशनबाट अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।
समाजसेवा, नेतृत्व र समुदायप्रतिको उत्तरदायित्वका साथ आफूले अध्यक्षमा उम्मेदावारी दिएको उनले बताए । उनले शेर्पा समुदायको पहिचान, संस्कृति र अधिकारको संरक्षण तथा प्रवद्र्धन अग्रसर हुने जनाएका छन् । उनी २०५३ सालदेखि निरन्तर रुपमा शेर्पा समुदायको हक हित र अधिकारका लागि क्रियाशिल शेर्पा नेपाल शेर्पा विद्यार्थी मञ्चको सदस्य पदाधिकारी हुँदै शेर्पा संघसम्मको यात्रा तय गरेका हुन् । संघमा उनले केन्द्रीय सदस्य, उपाध्यक्ष र सल्लाहकारका रुपमा आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन् ।
उनको उम्मेदवारी यस्तो त
आदरणीय पत्रकार मित्रहरू, समाजसेवी, शेर्पा समुदायका सम्माननीय अग्रज, युवापुस्ता तथा सम्पूर्ण संघ–संस्थाहरूमा आवद्ध महानुभावहरू,
नेपाल शेर्पा संघको आसन्न महाधिवेशनलाई लक्षित गर्दै समाजसेवा, नेतृत्व र समुदायप्रतिको उत्तरदायित्वका साथ म आङ देण्डी शेर्पाले आज औपचारिक रूपमा नेपाल शेर्पा संघको अध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गरेको छु।
म यो उम्मेदवारी कुनै पदको मोह वा प्रतिष्ठाको चाहनाले नभई शेर्पा समुदायको पहिचान, संस्कृति र अधिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रतिबद्धतासाथ अग्रसर भएको छु। म विश्वास गर्दछु कि संघलाई अब अग्रगामी सोच,उत्तरदायी नेतृत्व, समावेशी दृष्टिकोण र युवा उत्साहको आवश्यकता छ र म यही आवश्यकतालाई सम्बोधन गर्न तत्पर छु।म विसं २०५३ सालदेखि निरन्तर शेर्पा समुदायको हक हित र अधिकारको लागि क्रियाशिल हुदै नेपाल शेर्पा विद्यार्थी मञ्चको सदस्य पदाधिकारि हुँदै नेपाल शेर्पा संघको केन्द्रीय सदस्य, उपाध्यक्ष, र सल्लाहकारको भूमिकामा मैले जिम्मेवारीपूर्वक आफ्ना दायित्वहरू निर्वाह गर्दै आएको छु।
आज म भन्न चाहन्छु म एक्लो व्यक्ति होइन, म तपाईंहरूको भरोसाको प्रतिनिधि हुँ।नेपाल शेर्पा संघ हाम्रो साझा सम्पत्ति हो यसको समृद्धि, सुरक्षा, र समावेशी विकास हामी सबैको साझा दायित्व हो।यदि तपाईंहरूको साथ, सुझाव र समर्थन प्राप्त भएमा,केही वर्षभित्रै नेपाल शेर्पा संघलाई अन्तराष्ट्रिय पहिचान प्राप्त गराउने सशक्त संस्था बनाउने लक्ष्य मैले लिएको छु।
अब समय आएको छ नेपाल शेर्पा संघ भित्रको सिन्डिकेट शैलीको व्यवस्थालाई समाप्त गरी, नयाँ सोच, नयाँ ऊर्जा, नयाँ युगमा युवाको नेतृत्व सुरु गर्ने छु।शेर्पा समुदायको उज्यालो भविष्य हाम्रो साझा सपना हो। त्यो सपना साकार पार्न म तपाईंहरू सबैको अमूल्य समर्थन र मार्गदर्शनको अपेक्षा गर्दछु।