
काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरि मङ्गलवार नाफिज र अग्रवालबीच समझदारी भएको हो ।
समझदारी पत्रमा नाफिजकी अध्यक्ष मेनुका कार्की र परिसंघका अध्यक्ष अग्रवालले हस्ताक्षर गरेका छन् । गत २९ मंसिरमा सम्पन्न नाफिजको १५ औँ वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले आफ्नो स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
गत साउनमा निधन भएका श्रवण कुमार अग्रवाल आरएमसी ग्रुपका संस्थापक हुन् । मारवाडी सेवा समितिका पूर्व अध्यक्ष समेत रहेको श्रवण कुमार अग्रवाल संविधान सभा सदस्य समेत हुन् । उनको स्मृतिमा छोरा राजेश कुमार अग्रवालले अक्षयकोष स्थापना गर्ने घोषणा गरेपछि थप आवश्यक प्रक्रिया पुरा गरेर मङ्गलवार समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । फेलोसिप दिने गरि नाफिजमा स्थापना हुन लागेको यो नै पहिलो अक्षयकोष हो ।
समझदारीअनुसार अध्यक्ष अग्रवालले व्यक्तिगत रूपमा अक्षयकोषमा सात लाख रुपैयाँ जम्मा गर्नेछन् । नाफिजले त्यस अक्षय कोषबाट वार्षिक रूपमा एक जना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँ बराबरको फेलोसिप प्रदान गरिनेछ ।
खोजमूलक आर्थिक समाचार लेखनका लागि फेलोसिप प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ प्रदान गर्न तीन जनाको छनोट समिति गठन गरिनेछ । सोही समितिले फेलोसिप प्रदानका लागि थप काम कारबाही अघि बढाउने छ । अब आवश्यक प्रक्रिया पुरा गरेर आगामी आर्थिक वर्ष २०८२/८३ देखि यसलाई कार्यान्वयनमा लैजाने नाफिजकी अध्यक्ष मेनुका कार्कीले बताइन् । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले यो कदमले आर्थिक पत्रकारहरूलाई थप प्रोत्साहन मिल्ने बताए ।













समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने