
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा गत आर्थिक वर्षमा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ । आव २०८१/८२ मा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख डा शर्मिला कुमालले बताइन् । जिल्लाको जनसङ्ख्याका आधारमा दूध आवश्यकताभन्दा बढी उत्पादन भई जिल्ला बाहिर निर्यात हुने गरेको छ । उत्पादन भएको दूधको तथ्यांकका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विगत तीन वर्षदेखि आत्मनिर्भर रहेको प्रमुख कुमालले बताए ।
‘विश्व स्वास्थ्य संगठनले विकासउन्मुख राष्ट्रका लागि एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक व्यक्तिका लागि एक सय ३२ लिटर दूध पुग्ने गरी उत्पादन रहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०८१/८२ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उत्पादन भएको दूधको आधारमा यहाँको कुल जनसंख्यालाई एक व्यक्ति बराबर एक सय ३२ लिटर दूध पुग्ने देखिन्छ ।’
तथ्याङ्कअनुसार गत आवमा जिल्लामा ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्य गाईको दूध ३२ हजार तीन सय ५३ मेट्रिक टन रहेको छ भने भैँसीको दूध १७ हजार छ सय ६० मेट्रिक टन छ । जिल्लामा खपत भएर बाँकी रहेको दूध काठमाडौँ, पोखरा र चितवन बिक्री गर्न पठाउने गरिएको प्रमुख कुमालले बताए । जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षको उत्पादन अनुपात तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।
‘आव २०७८/७९ मा ६१ हजार छ सय ६४ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/८० मा थप वृद्धि भई ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको थियो। तर, गत आव २०८०/८१ मा विगतको भन्दा घटेर जम्मा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । गत आवमा अझ घटेर ५० हजार १३ मेट्रिक टन दूध उत्पादन भएको छ’,उनले भने । जिल्लाको तथ्यांक हेर्दा प्रत्येक वर्ष गाईभैँसी फार्म र गाई भैंसीको सङ्ख्यासमेत घट्दो क्रममा रहेको छ । आव २०७९/८० मा गाईको सङ्ख्या ४१ हजार चार सय ८९, भैँसीको सङ्ख्या ४८ हजार आठ सय ५४ रहेको थियो, भने आव २०८०/८१ मा गाईको सङ्ख्या ३७ हजार एक सय ९८ र भैँसीको सङ्ख्या ४३ हजार नौ सय ५० रहेको देखिन्छ ।
गत आवमा गाईको सङ्ख्या ३२ हजार आठ सय ९७ रहेको थियो भने भैँसीको सङ्ख्या ३८ हजार आठ सय ९६ रहेको छ । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष सरदर चार हजारको दरले गाईको सङ्ख्या घट्दो क्रममा रहेको देखिन्छ भने पाँच हजारको दरले भैँसीको सङ्ख्या जिल्लामा घट्दो क्रममा रहेको देखिन्छ ।













समाचार
१४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय
झ्याप्प-झ्याप्प” बत्ती जाने समस्या: समाधान अभियान सुरु
भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणलाई तीव्रता दिइने, ५ अर्बको स्रोत सुनिश्चित : गृहमन्त्री गुरुङ
गढीमाई नगरपालिकाका नगर प्रमुखसहित ४ जना र निर्माण कम्पनीविरुद्ध २ करोड ५७ लाख भ्रष्टाचार मुद्दा
सरकारको सयदिने कार्यसूचीमा ८७.२ प्रतिशत प्रगति हासिल भएको अर्थमन्त्रीको दाबी
धान रोपाइँ झण्डै १३ प्रतिशतले कम
दैलेख दुर्घटना: कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो
बालेनले भेटे एडीबीका अध्यक्ष मासातो कान्डा
कालोसूचीमा सहजीकरण, कर्जा पुनरुत्थान र विद्युतीय सवारी प्रयोगमा जोड
बैंक शाखा विस्तार र बन्दमा लचक नीति, बैंकहरूको सञ्चालन खर्च घट्ने : मौद्रिक नीति