
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सचिवहरूलाई समय तालिका बनाई योजनाबद्ध रूपमा अगाडि बढ्न निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा आज आयोजित बैठकमा उनले वार्षिक योजना र कार्यान्वयनको स्पष्ट तालिका बनाएर बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताएका हुन्। उनले अर्थ मन्त्रालय बजेट कार्यान्वयनका क्रममा आवश्यक सहयोग गर्न सधैं तयार रहेको बताउँदै समयमै उचित कदम चालेर परिणाममुखी कार्य सम्पादन गर्न जोड दिएका छन्।
मन्त्री पौडेलले गैरकर राजस्वको दायरा विस्तार गर्न विद्यमान कानुनी प्रावधानभित्र रहेर काम गर्नुपर्ने बताए। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन गरिएको थियो, जुन कुल राजस्वको १०.९ प्रतिशत हो।
बैठकमा गैरकर राजस्वका सम्भावित नयाँ स्रोतहरू पहिचान गरी तिनको कार्यान्वयनबारे पनि छलफल भएको थियो। बैठकमा अर्थ सचिव, राजस्व सचिवलगायत विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल