सेयर बजार राताम्य, परिसूचक उच्च अंकले घट्दा कारोबार रकम १० अर्ब माथि

काठमाडौं । सोमबार सेयर बजार राताम्य भएको छ । आज परिसूचीक २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा पुगेको हो ।

साताको दोस्रो दिन सेयर बजारमा २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ३० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटभ इन्डेक्स पनि ४.७४ अंकले घटेर ४८५.४१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मूल्य बढेको छ ।

परिसूचक घटेको दिन १० अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर ९८ हजार ५२५ पटक खरिद बिक्री हुँदा १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार