‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड  ले अर्थ मन्त्रालयको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ बमोजिम धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी, प्रविधिमैत्री र संस्थागत रूपमा सुदृढ बनाउन ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू गरेको छ। यस नयाँ नीतिअनुसार ब्रोकरहरूलाई उनीहरूको पूँजी, जोखिम वहन क्षमता र सेवा विविधीकरणका आधारमा धितोपत्र व्यापारी (श्रेणी ‘क’), पूर्ण सेवा धितोपत्र दलाल (श्रेणी ‘ख’), कारोबारमुखी धितोपत्र दलाल (श्रेणी ‘ग’) र विशिष्टीकृत धितोपत्र दलाल (श्रेणी ‘घ’) गरी चार वर्गमा वर्गीकरण गरिनेछ।

नीतिमा मार्जिन कारोबार, सर्ट सेलिङ, इन्ट्रा-डे कारोबार र बजार निर्माताका लागि छुट्टाछुट्टै स्वीकृतिको व्यवस्था गर्नुका साथै डिजिटल केवाईसी, मल्टि-फ्याक्टर अथेन्टिकेशन, साइबर सुरक्षा, आईटी अडिट र जोखिममा आधारित पूँजी पर्याप्ततालाई अनिवार्य गरिएको छ।

दलाल व्यवसायीहरूबिच मर्जर तथा प्राप्तिलाई सहज बनाउँदै विद्यमान ब्रोकरहरूलाई नयाँ मापदण्डमा ल्याउन सङ्क्रमणकालीन अवधि दिइने र संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार तथा एकीकृत धितोपत्र मध्यस्थता प्रणाली विकास गरी ३ चरणमा यो नीति कार्यान्वयन गरिने बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट