
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज (भदौ १२ गते) रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले मात्र सभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।
सभाको मिति र प्रस्तावित लाभांश
कम्पनीले १७ औं वार्षिक साधारण सभा आगामी भदौ २५ गते, बुधबार, काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा आह्वान गरेको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हालको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश गरी कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।
कम्पनीको हालको चुक्ता पुँजी रु. १ अर्ब ४१ करोड ५७ लाख रहेको छ। साधारणसभाले प्रस्ताव पारित गरेपछि बोनस र नगद लाभांश दुवै सेयरधनीमा वितरण गरिनेछ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू