काठमाडौं । नेपाली सेनाले आज विहान ११ बजेसम्मको लागि जारी सैनिक निषेधाज्ञा र कर्फ्यु आदेशहरु हटाएको छ । सैनिक प्रबक्ता राजाराम बस्नेतले नेपाली सेनाले कुनै सूचना जारी नगरेको बताएका छन् ।
उपत्यका पृतना कार्यालयले भने आज विहान ११ बजेसम्मको लागि आवत जावत खुल्ला गरिएको र त्यसपछिको लागि कुनै सूचना जारी गरेको छैन् । शुक्रबार अन्तरिम सरकार गठन भइसकेको छ । शनिबार दिउसो देखि सार्वजनिक सवारी पनि चल्न थालेका थिए ।
सेनाले निषेधाज्ञा र कर्फ्यु हटाइएपछि आजबाट सबै उद्योग तथा कल कारखानाहरु सुचारु हुनेछन् ।