
चितवन । यहाँको माडीस्थित अयोध्याधामको आफ्नै नाममा जग्गा नहुँदा सरकारी बजेट विनियोजन गरी विकास निर्माण गर्न कठिन भएको छ । विसं २०७७ असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीले घोषणा गरे लगत्तै विसं २०७८ साल वैशाख ८ गते मूर्ति प्रतिस्थापन गरिएको थियो । मूर्ति प्रतिस्थापन भएपछि धाम विकासका लागि बजेट माग गरिए पनि आफ्नै जग्गा नहुँदा विनियोजनमा समस्या भएको छ । माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले धाम घोषणा भएको पाँच वर्षसम्म पनि जग्गा धामको नाममा नहुँदा सोचे अनुसार काम गर्न नपाएको बताए । उनले भने, ‘जग्गा प्राप्तिका लागि प्रक्रियामा छौँ । जग्गा प्राप्ति हुनासाथ धाम निर्माण प्रक्रिया अघि बढ्छ ।’ अहिले जग्गा प्राप्तिका लागि वडा, नगरपालिकाबाट निर्णय गरेर पठाइएको उनले बताए । प्रमुख जिल्ला अधिकारीसहितको टोली धाम स्थलमा बैठक बसेको छ । आवश्यक कागजात पूरा गरेर जग्गाका लागि मन्त्रालयमा सिफारिस गरिने उनले जानकारी दिए।
धाम निर्माणका अगुवा स्थानीय श्याम विष्टका अनुसार माडी नगरपालिका–९ मा प्रति ऐलानी, खोलाको उकास र खोलाले विस्थापित गरेपछि व्यक्तिले छाडेकोसहित गरी १०० बिघा जमिन धामका लागि छुट्याइएको छ । संस्था दर्ता गरेर आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि प्रक्रिया अघि बढ्ने छ । धाम घोषणा भएसँगै बागमती प्रदेशको पर्यटन मन्त्रालयबाट बनेको गुरुयोजना जग्गा प्राप्तिका कारण अनुमोदन हुन सकेको छैन । माडी नगरपालिका–९ का पूर्ववडाध्यक्ष शिवहरि सुवेदीले धामको नाममा जग्गा उपलब्ध नहुँदा प्राप्त बजेट समेत कार्यान्वयनमा समस्या भएको बताए । आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपनि आवश्यकताअनुसार विकास गर्न नसकिएको उनको भनाइ छ ।
धामको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले हाल यहाँ सामान्य संरचना निर्माण भइरहेको बताए । ‘अहिले यहाँ अस्थायी रुपमा मन्दिर निर्माण गरेर राम, सीता, लक्ष्मण, हनुमानको मूर्ति राखिएको छ’, उनले भने । उनका अनुसार सो क्षेत्रमा ४० जना क्षमताको धर्मशाला, खानेपानीलगायतको पूर्वाधार निर्माण गरिएको छ । यसका लागि करिब रु ८५ लाख खर्च भइसकेको छ । हाल बागमती प्रदेश सरकारले विनियोजन गरेको रु एक करोड ५० लाख बजेट भौतिक संरचना निर्माणबाहेक जग्गा संरक्षणमा मात्रै खर्च गर्ने गरी ठेक्का सम्झौता भएको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि