
शेर्माथाङ्ग- ‘शेर्माथाङ’ सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा अवस्थित एक सुन्दर र शान्त गाउँ हो । यहाँको उचाइ करिब २ हजार ६ सय मिटर वरिपरि रहेको छ । जहाँको प्राकृतिक सौन्दर्यता, धार्मिक तथा सांस्कृतिक सम्पदा र शान्त वातावरणले पर्यटकहरू मोहित बनाउँछ । प्राकृतिक सौन्दर्यता, योल्मो समुदायको संस्कार र परम्पराको अवलोकन र अध्यन गर्ने पर्यटकहरूको लागि ‘शेर्माथाङ’ अनमोल गन्तव्य बनेको छ ।

‘शेर्माथाङ’ वरपर रहेका हरियाली डाँडाहरू, जंगलहरू र खेतहरूले गाउँलाई मनमोहक बनाएको छ । लाङटाङ हिमश्रृङ्खलाको उच्च शिखरबाट झर्ने नदीहरूले गाउँलाई अनुपम बनाएका छन् । वसन्त ऋतुमा ढकमक्क फुल्ने लालीगुराँस, चिमाल र असंख्या फूलहरूले वातावरणलाई रङ्गीन र आकर्षक बनाउँछ । यस क्षेत्रको प्रकृतिको अवस्था समग्रमा समृद्ध जैविक विविधतायूक्त पाइन्छ । त्यस्तैले यस क्षेत्रमा यात्रा गर्दा पर्यटकहरूलाई आनन्दमय अनुभूत हुन्छ । पदयात्रामा जानेहरूले विभिन्न वन्यजन्तु र दुर्लभ चराचुरुङ्गीका प्रजातिहरू देख्न सक्छन् ।

‘शेर्माथाङ’ हेलम्बु पदमार्गको मुख्य क्षेत्र नै हो । यहाँबाट विभिन्न पदमार्गहरूको शुरुवात हुन्छ । ‘शेर्माथाङ’ हिमाल हरेरे आनन्द लिन चाहने तर अत्यधिक उचाइको जोखिम नचाहने यात्रुहरूको लागि उपयुक्त गन्तव्य हो । ‘शेर्माथाङ’को पदयात्रामा झरना, घना जंगल र प्राकृतिक सौन्दर्यसहितको रोमाञ्चक अनुभव लिन सकिन्छ ।
‘शेर्माथाङ’मा बसोबास गर्ने प्रमुख समुदाय योल्मो हो । जसलाई हेलम्बु शेर्पा पनि भनिन्छ । यो समुदायको सांस्कृतिक धरोहर, धार्मिक परम्परा, र जीवनशैली यस गाउँको मुख्य आकर्षण हो । ‘शेर्माथाङ’मा रहेका बौद्धस्तुपा, गुम्बाहरू र अन्य धार्मिक स्थलहरूले यहाँको धार्मिक आस्था झल्काउँछन् । आदिम कालदेखि यस क्षेत्रमा बसोवास गर्दै आएका योल्मो समुदायको आफ्नै खाले विशिष्ट भाषा, धर्म र संस्कार र संस्कृति जीवित राखेका कारणपनि गाउँको छुट्टै विशेषता छ ।

बौद्ध धर्मको प्रभाव रहेको यस पवित्र थलोको जीवनशैलीमा गहिरो रूपमा समाहित भएको पाइन्छ । ‘शेर्माथाङ’मा रहेका गुम्बाहरूमा हुने बौद्ध दर्शनसँग सम्वन्धित प्रार्थना, माने घुमाइने प्रार्थना पाङ्ग्राहरू, चौतरा, डाँडापाखेरी र घरघरमा देख्न सकिने लुङ्ता (बौद्ध झण्डा),तर्जो (ध्वजापताहरु) टाँगिएर शोभायमान वातावरण निर्माण गरेका छन् । गुम्बामा लामो समयदेखि साधनारत भिक्षुहरूको शान्त जीवनशैली र प्रार्थनाको ध्वनिले आध्यात्मिक रूपमा शान्त र शुद्ध महसुस गराउँछ ।

‘शेर्माथाङ’ मा योल्मो समुदायको मुख्य चाडपर्वको रुपमा लोसार (नयाँ वर्ष) विशेष रूपमा मनाइन्छ । जसमा परम्परागत नृत्य, सांगीतिक कार्यक्रम, र धार्मिक अनुष्ठानहरू आयोजना गर्ने प्रचलन रही आएको छ । परम्परागत भेषभूषा र आभूषणहरू पहिरि विभिन्न सामाजिक, धार्मिक कार्यक्रममा मानिसहरु सहभागि हुने प्रचलन विशेष खालको छ । जसले शेर्माथाङको सांस्कृतिक वैभवलाई झल्काउँछ ।
‘शेर्माथाङ’ गाउँलाई शान्ति र आध्यात्मिक भन्दा अतिशयूक्ति हुँदैन । सफा, स्वच्छ, शुद्ध र शान्त वातावरणले यहाँ घुम्न आउने जोकोहीलाई शारीरिक मात्र नभई मानसिक र आध्यात्मिक रूपले पनि ताजगी प्रदान गर्छ नै । ध्यान, योग अर्थात धार्मिक पर्यटनको खोजीमा आउनेहरूले यहाँको गुम्बाहरूमा प्रार्थना गरी मनमा शान्ति प्राप्त गर्न सक्छन् ।

‘शेर्माथाङ’ जस्तो अद्वितीय गन्तव्यमा पाइला टेक्न पाउनु आफैँमा अहोभाग्यको कुरा हो । प्राकृतिक सौन्दर्यता, सांस्कृतिक सम्पदा र अध्यात्मिकता एकसाथ अनुभूत गर्न सकिने यस पवित्र थलोको भ्रमण गरी जीवनलाई नयाँ शेराबाट शुरुवात गर्न सकिन्छ । दैनिक विभिन्न तनाव, दौडधूप र क्रान्तिमय जीवनलाई केही समय भएपनि अनान्दभूत गराउँदै मनमा शान्ति र मुहारमा कान्ति ल्याउन ‘शेर्माथाङ’ पुग्नै पर्छ ।














समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज