काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
यसका लागि सेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सकिने बैंकले जनाएको छ ।
सेयरको बिक्रीमूल्य भने सेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ । साथै तोकिएको अवधिभित्र बैंकका संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बताएको छ ।