
काठमाडौं । भोलि असोज ३१ गते विभिन्न ४ कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका नेपाल ल्यूव आयल लिमिटेड, मञ्जश्री फाइनान्स, ओरियण्टल होटल्स लिमिटेड र स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड साधारणसभा भोलि बस्दै छ ।
नेपाल ल्यूव आयल लिमिटेडको साधारणसभा भोलि पुल्चोकस्थित द प्लाजामा बिहान साढे ११ बजेदेखि शुरू हुँदैछ । यस कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५२६४५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यस कम्पनीले असोज १२ गतेदेखि बुक क्लोज गरिसकेको छ । त्यसैगरी मञ्जुश्री फाइनान्स लिमिटेडको १८ औं वार्षिक साधारणसभा भोलि नयाँबानेश्वरस्थित थापागाउँ व्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । यस कम्पनीले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ । अन्य उपयुक्त कम्पनीसँग मर्जरमा जान वा वैदेशिक रणनीति साझेदारीमा जान ढोका खोल्न लागेको यस कम्पनीले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।
त्यस्तै ओरियण्टल होटल्स लिमिटेडको २८ औं वार्षिक साधारणसभा भोलि जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजेदेखि बस्दैछ । सेयरधनीलाई लाभांश प्रस्ताव नगरेको यस कम्पनीले १ बराबर ०.२६६३ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको छ। यस कम्पनीले असोज २ गतेदेखि बुक क्लोज गरिसकेको छ । त्यसैगरी स्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९ औं वार्षिक साधारणसभा भोलि सुकेधारास्थित सेलिब्रेसन हाइट्समा बिहान ११ बजदेखि शुरू हुँदैछ । लाभांश प्रस्ताव नगरेको यस कम्पनीले एक स्वतन्त्र सञ्चालकको नियुक्ति र ४ सञ्चालकको निर्वाचन गर्नेछ । यस कम्पनीले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ ।











समाचार
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
भरतपुर अस्पतालमा सेवाग्राहीसँग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
सुदूरपश्चिममा साउनमा सवारी साधन कारबाहीबाट ४३ लाख राजस्व सङ्कलन
गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
ठमेल प्लाजा होटलले डाक्यो भदौ ३१ गते साधारण सभा, के-के छन् एजेन्डा ?
बार्सिलोनाको सानदार सुरुआत
भेन्चर हायर पर्चेज लिमिटेड
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै