
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का विभिन्न स्थानहरुमा रहेका प्याथ ल्याब क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्याबको विविध सेवा (Sample collection को लागि शर्तहरुमा रहि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेज मा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत भन्दा बढी छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा मिति २०८२ साल पौष १४ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि को तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगर स्थित रहेका नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का प्याथ ल्याबहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम