
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको हो । थप भएको समय अनुसार कम्पनीको आईपीओमा अब माघ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दहरुका लागि सो सेयर निष्काशन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार, गैंडाकोट शाखा कार्यालय, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलातारी शाखा कार्यालय तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्र तथा खानी प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।













समाचार
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, १४ सय किलोमिटर सडक निर्माण
अमेरिकी आक्रमण भए निर्णायक जवाफ दिने तेहरानको चेतावनी
पुराणको रकमबाट घाट निर्माण
साढे १० लाख बढी कित्ता सेयर बिक्री गर्दै पञ्चकन्या पावर डेभलपमेन्ट
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
जीवन विकास लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी
नेष्डो समृद्ध लघुवित्तमा रोजारीको अवसर