
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको नाफा ६१ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा गत आवको सोही अवधिको तुलनामा ६१.७७ प्रतिशतले घटेको हो ।
वित्तीय विवरण अनुसार सञ्चालन आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि असर पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड ८५ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ अर्ब १० करोड १६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५१ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २०.६३ प्रतिशत घटेको छ भने अन्य आम्दानी २७.९७ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १२.३८ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपौयँ ८३ पैसा घटेर २ रुपैयाँ ८ पैसामा झरेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५५.७६ गुणा रहेको छ । ५ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब १० करोड रुपैयाँ सञ्चित छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल