
काठमाडौं । बुद्ध एयरले आगामी १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। एयरलाइनले ‘एभरेष्ट एक्सपेरियन्स’ माउन्टेन फ्लाइटमा एउटै टिकट खरिद गर्दा अर्को टिकट निशुल्क पाउने योजना ल्याएको छ।
यस अफर अन्तर्गत जोडीहरूले करिब १ घण्टाको उडानमा सगरमाथा लगायत हिमालका दृश्यहरू अवलोकन गर्न सक्नेछन्। फ्लाइट काठमाडौं विमानस्थलबाट सुरु भई हिमाली दृश्यावलोकनपछि पुनः काठमाडौंमै अवतरण हुनेछ।
बुद्ध एयरले प्रेम दिवसको विशेष दिनमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेट लगायतका उपहारसमेत प्रदान गरिने जानकारी दिएको छ। एयरलाइनले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जोडीहरूलाई हिमालको काखमा माया साटासाट गर्ने अवसर उपलब्ध गराउन यो अफर ल्याएको दाबी गरेको छ।
फेसबुक प्रतिक्रिया












समाचार
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान