
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.७२ अंकले घटेको छ । बजार २७५५.३७ विन्दुमा पुगेर बन्द भएको छ । ३४९ वटा कम्पनीको ६३ हजार ७१९ पटक्को कारोबार १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर कारोबार भएको छ ।
कारोबार रकम भने ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । कारोबार रकम विहीबारको तुलनामा बढेको छ । कारोबार रकम ४१ करोड ५७ हजारले घटेको छ । विहिबार कारोबार रकम ६ अर्ब ३ करोड रुपैयाँ थियो ।
सेन्सेटिभ इण्डेक्स १.०० अकं, फ्लोट इण्डेक्स ०.७७ र सेन्सेटिभ फ्लोट डण्डेक्स ०.७३ अंकले बढेको छ ।
११ उप समूह बढेका छन भने २ उप समूह घटेको छ। बैंकिङ ०.९९ प्रतिशत,विकास बैंक ०.८१, वित्त ०.५०, होटल्स तथा पर्यटन समूह १.४०,जलविद्युत १.९७, लगानी १.२२, जीवन बीमा ०.७९, उत्पादन र प्रशोधन १.४२, लघुवित्त ०.९०, म्युअुचल फण्ड ०.९१ र व्यापार समूह ६.१४ प्रतशतले घटेका छन् । निर्जीवन बीमा १.३७ र अन्य समूह ०.७३ प्रतिशतले बढेका छन् ।
यस दिन २ कम्पनीको सेयर १५ प्रतिशतले बढेको छ । कलिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर १५ प्रतिशतले बढेको हो। बुंगल हाइड्रोको सेयरमूल्य यस दिन सर्वाधिक १३.२० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल रिइन्स्योरेन्सको ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।













समाचार
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह
नेपाल आयल निगमको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमा, को-को परे संक्षिप्त सूचीमा
राहदानी विभागले सार्वजनिक बिदाका दिन पनि आवेदन फाराम खुलाउने