भोलिदेखि आईपीओ निष्काशन गर्दै बेनी हाइड्रोपावर

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भोलि भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको सेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरपछि थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा भदौ २५ गतेसम्म र मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म खुला रहनेछ । आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिनेछ ।आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट