
काठमाडौं । पोपान मल्टिपल कम्पनी लिमिटेडले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १२५ रुपैयाँ कित्तामा २० प्रतिशत अर्थात ३० लाख ३१ हजार ६०० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
कम्पनीको जेठ २७ गते सम्पन्न विशेष साधारणसभाबाट जारी पुँजी वृद्धि गरि जगेडामा रहेको सेयर बिक्री गर्ने प्रस्ताव पारित भए बमोजिम सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिदका लागि कम्पनीले असार ६ गते एक दिन बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।
उपरोक्त मिति भन्दा अगावै संचालक समितिमा कागजात प्राप्त भइ सेयर खरिद समितीबाट स्वीकृतीको निर्णय भएका सेयरधनीहरुले मात्र सेयर खरिद गर्न पाउने कम्पनीको सूचनामा भनिएको छ । असार ७ गतेदेखि सेयर खरिदको लागि आवेदन दिन शुरु भइ असार २८ गते बन्द हुने कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन