
काठमाडौं । सानिमा बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकले चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । यसका लागि भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि २१ औं वार्षिक साधारणसभा शुरू हुँदैछ ।
त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि तय गरिएका छन् ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ असोज २६ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै