
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ५३ जनाका परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ। प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राहत वितरणका लागि अर्थ मन्त्रालयले कुल ७ करोड ९५ लाख रुपैयाँ उपलब्ध गराएको हो। तर कारागारबाट भाग्ने प्रयासका क्रममा सुरक्षाकर्मीको गोलीबाट मारिएका कैदीबन्दी वा थुनुवा, साथै शवको पहिचान नखुलेका व्यक्तिहरूका परिवारलाई भने राहत उपलब्ध गराइएको छैन।
गृह मन्त्रालयको पत्रअनुसार, जेन–जी आन्दोलनमा मारिएका ५३ जनालाई ‘सहिद सरह’ राहत प्रदान गरिएको हो। तीमध्ये २३ भदौका प्रदर्शनमा प्रहरीको गोली लागी मृत्यु भएकाहरू र उपचारका क्रममा ज्यान गुमाएका, साथै २४ भदौमा फैलिएर हिंसात्मक बनेको प्रदर्शनमा मारिएका व्यक्तिहरूका परिवारहरू पनि समावेश छन्।
मन्त्रालयले थप जानकारी दिँदै पहिचान नखुलेका अन्य मृतकमध्ये कसैको मृत्यु आन्दोलनकै क्रममा भएको पुष्टि भएमा त्यसबेला उचित निर्णय गरिनेछ।













समाचार
बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
नेदरल्यान्डससँग नेपाल ५७ रनले पराजित
मनसुनीको प्रभाव, कस्तो रहला आजको मौसम ?
विदेशी मुद्राको विनिमयदर : यस्तो छ अन्तराष्ट्रिय मुद्राको मूल्य
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित