
काठमाडौं । सिटि होटल लिमिटेडले साउन २६ गतेसम्म कायम सेयरधनीहरूका लागि भदौ २३ देखि असोज २६ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी रहेको अवितरित सेयर लिलाममा राखेको छ ।
होटलले संस्थापक समूहतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, सर्वसाधारण समूहतर्फको (लकइनमा नरहेको) १ लाख ५४ हजार ३१९ कित्ता र कर्मचारीतर्फको (लकइनमा रहेको) ६ हजार कित्ता गरी कुल २१ लाख ५० हजार ४१८ कित्ता अवितरित हकप्रद सेयर लिलाममा राखेको हो । लकइन अवधि आउँदो जेठ ४ गते समाप्त हुनेछ।
होटलले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बिक्रीमा राखेको हो भने बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । यस्तो बोलपत्र कात्तिक २३ गतेदेखि ३० गतेभित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै प्रभु बैंकको विराटनगर, हेटौंडा, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा पाइनेछ ।
यसमा होटलका संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले बोलपत्र पेश गर्न सक्नेछन्।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह