
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१५ अकंले घटेर २५४०.५७ बिन्दुमा बन्द भएको छ। आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोडको सेयर कारोबार भएको हो ।
आज १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.३० प्रतिशत, विकास बैंक समूहको ०.५२ प्रतिशत, फाइनान्स समूहको ०.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशतले सेयर मूल्य घटेको छ । आइतबार ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको घटेको छ । १४ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको हो ।
आज एसबिएल डिबेञ्चर २०८९ को सर्वाधिक कारोबार भएको छ । आज यसको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी, बुङगल हाइड्रो र बन्दीपुर केलकारका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । नविल डिबेञ्चरका इकाईधनीले ९.९१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।











समाचार
राष्ट्रियसभाको बैठक बस्दै
धितोपत्र बोर्डद्वारा मार्जिन लेण्डिङ र सर्ट सेलिङसम्बन्धी अवधारणापत्र सार्वजनिक, सरोकारवालासँग सुझाव माग
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल