
काठमाडौं । उद्योग क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न र योजनामा आवद्धता बढाउनका लागि नेपाल उद्योग परिसंघ (सीएनआई) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । परिसंघको सचिवालयमा सोमबार संयुक्त रूपमा आयोजित सामाजिक सुरक्षाबारे अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमका बीच उक्त समझदारी गरिएको हो । समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यको मुख्य लक्ष्य उद्योग क्षेत्रका श्रमिकहरूको दीर्घकालीन हित सुनिश्चित गर्नु हो । परिसंघले आफ्ना सदस्य उद्योगहरूलाई सामाजिक सुरक्षा योजनामा जोड्न सहयोग गर्ने, देशभर सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यक जानकारी उपलब्ध गराउनेछ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले यो सहकार्य श्रमिक र उद्योग दुवैका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए । उनले उद्योगीहरूलाई कोषमा आबद्ध गराउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यो साझेदारीले सामाजिक सुरक्षा प्रणालीलाई व्यवहारिक र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले सामाजिक सुरक्षा कोष श्रमिकको जीवन सहज र सुरक्षित बनाउने महत्वपूर्ण आधार भएको उल्लेख गरे । उनले यस समझदारीले सबै क्षेत्रका श्रमिक र रोजगारदाताको सक्रिय सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले सामाजिक सुरक्षा कोषलाई केवल कल्याण कार्यक्रम नभई मानव पूँजी विकासको मुख्य आधार रहेको बताए । परिसंघले यस्ता सचेतना कार्यक्रम प्रदेश स्तरमा पनि बृहत रूपमा सञ्चालन गर्ने जानकारी दिए ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा प्रणालीलाई थप सुदृढ र श्रमिकका सुविधाहरूलाई विस्तार गर्न यो सहकार्य महत्वपूर्ण रहेको बताए ।
का र्यक्रममा सा मा जिक सुरक्षा को षका पुर्व संचा लक समिति सदस्य तथा परिसंघको रो जगा रदा ता परिषदका सभापति धुव्र रिजाल, सामाजिक सुरक्षा कोषका संचालक समिति सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत बहा दुरदु सिँखडा लगा यत अन्य आवद्ध महा संघका पदा धिका री हरु, सा मा जिक सुरक्षा को षका प्रतिनिधिहरु, रोजगारदाता परिषदका सदस्यहरु, उद्यो गी व्यवसा यी प्रतिनिधिहरु लगायत उपस्थित थिए ।













समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ