
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा रहेको थियो ।
युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा रहेको थियो । त्यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा रहेको थियो ।
स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ २३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०५ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर ४२ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४२ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४० पैसा र बिक्रीदर १५ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १५ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ९२ पैसा बिक्रीदर ४११ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९९ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।












समाचार
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
दोहोरो वायुको प्रभाव कायमै : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा