
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।
धारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चहरू अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ९ गतेसम्म यस कम्पनीको सेयर खरीद गर्ने सेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बोस्नियालाई हराउँदै आयाेजक अमेरिका अन्तिम १६ मा प्रवेश
नेबिको लिमिटेडको विशेष सधारणसभा आह्वान, के के छन् एजेण्डा ?
कतारमा भइरहेको अमेरिका र इरानबीचको अप्रत्यक्ष वार्ता सकारात्मक
ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ
पोखरा महानगरको बजेट पारित
पाँच वर्षपछि बल्ल सकियाे म्याग्दीको दरवाङ–निस्कोट सडक स्तरोन्नति
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
पुनरागमन जित सहित बेल्जियम विश्वकपको अन्तिम १६ मा, सेनेगलको बाहिरियो
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा