
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
जसमध्ये संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता र विनय रेग्मीको नाममा रहेको ३१ हजार ५८८ कित्ता सेयर रहेको छ । उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि बिक्री खुला गरेको हो ।
इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम