
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा करिब ३३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ३२.९८ गुणा बढीको आवेदन परेको हो ।
शुक्रबारसम्ममा ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि अर्थात् २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको आवेदन परेको सिडीएससीले जनाएको छ । बैंकहरुमा भौतिक रुपमा आएको आवेदनहरुलाई आज रातिसम्म नै इन्ट्री गर्न सकिने भएकोले आवेदकको संख्या अझै बढ्न सक्छ । कम्पनीले पुस ७ गतेदेखि आज पुस ११ गतेसम्मको अवधि तोकेर आम सर्वसाधारणलाई ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको थियो ।
बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । खुलेको ४० मिनेटमै कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको थियो । कम्पनीले प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको दरले आईपीओ निष्काशन गरेको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व