
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सिनर्जी पावर, सन नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयरमा भाउ समायोजन भएको हो ।
सिनर्जी पावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ४३०.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ३९१.०९ रुपैयाँ कायम भएको छ ।
यता, सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ४८९.५२ रुपैयाँ कायम भएको छ । अन्तिम कारोबार मूल्य ५१४ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ६१५ रुपैयाँ कायम भएको छ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरमा भाउ समायोज हुँदा मूल्य १६५० रुपैयाँ कायम भएको छ । आइतबार यसको अन्तिम कारोबार भाउ १८१५ रुपैयाँ थियो । सोमबार समायोजित भाउलाई आधार मानेर यिनीहरुको कारोबार खुला हुनेछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व