
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी केन्द्रीय निर्वाचनमा केन्द्रीय सचिव पदका लागि आशिक कार्कीले उम्मेदवारी घोषणा गरे का छन्। हाल संघको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका कार्कीले पुस २८ गते हुने निर्वाचनमार्फत सचिव पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।
उम्मेदवारी सार्वजनिक गर्दै कार्कीले ‘इक्यानमा थिति बसालेका छौँ, अब गति दिनेछौँ!’ भन्ने नारासहित संस्थालाई अझ प्रभावकारी, गतिशील र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शैक्षिक परामर्श व्यवसायलाई मर्यादित, सशक्त र व्यवस्थित बनाउने अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका कार्कीले संस्थागत सुधार र सुदृढीकरणमा निरन्तर योगदान पुर्याउँदै आएको बताएका छन्।
यसअघि एक कार्यकाल कार्यसमिति सदस्यको अनुभव बटुलेका कार्की हाल कोषाध्यक्ष तथा मिडिया विभाग संयोजकको भूमिकामा छन्। कोषाध्यक्षको रूपमा आफ्नो कार्यकालमा इक्यानलाई आर्थिक अनुशासन र व्यवस्थापकीय सुधारमार्फत कर्पोरेट अभ्यासतर्फ उन्मुख गराउन सफल भएको उनको दाबी छ। यही अनुभव र निरन्तरताका आधारमा अब संघको प्रशासनिक तथा रणनीतिक पक्षलाई थप मजबुत बनाउने उद्देश्यसहित सचिव पदमा उम्मेदवारी दिएको उनले स्पष्ट पारेका छन्।
आफ्नो अनुभव, स्पष्ट दृष्टिकोण र संस्थाप्रतिको प्रतिबद्धताका माध्यमबाट इक्यानलाई अझ बलियो, एकताबद्ध र सम्मानित संस्थाका रूपमा अघि बढाउने लक्ष्यसहित आफू मैदानमा उत्रिएको कार्कीको भनाइ छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व