
काठमाडौं । नेपाल कुचो संघको दोस्रो अधिवेश सम्पन्न भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशन शनिबार चाबहिलको घाल्छा रेस्टुरेन्टमा सम्पन्न भएको हो ।
नेपालको कृषि उत्पादनको निर्यातमा उच्च सम्भावना बोकेको कुचो ब्यबसायीहरुको छाता संस्थाका रुपमा रहेको नेपाल कुचो संघको दोश्रो अधिवेशनबाट राजकुमार कार्कीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । यस अघिको कार्यकालमा पनि संघको अध्यक्ष रहेको कार्की सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा संजिब शाह, उपाध्यक्षहरु रबिन्द्र खड्का, सुबास बोलखे चयन भएका छन् । त्यस्तै महासचिब शुरेश चौधरी चयना भएका छन् । सचिबहरु शुशिल गौतम र राजिब रौनियार तथा कोषाध्यक्ष रुष्मा खतिवडा र सहकोषाध्यक्ष प्रदिप वाईबा चयन भएका छन । त्यस्तै सदस्यहरुमा राकेश शाह ,राजु शाह, बम बहादुर रुम्बा, मनोज शाह, लक्ष्मण शाह, तिर्थमान वाईबा, देबनाथ चौधरी, केशब खेतान, गिता भट्टराई, बिजय खरेल, तारा भुर्तेल र शुरेस भुलान रहेका छन ।
युवराज सुबेदी प्रमुख निर्बाचन अधिकृत र राजेन्द्र दाहल निर्बाचन अधिकृत रहेको निर्बाचन समितिले आज निर्बाचन सम्पन्न गरेको छ । कार्की को अघिल्लो कार्यकालमा संघको गतिबिधिहरु प्रभाबकारी रहेको थियो । राजकुमार कार्की नेपाल उद्याग वाणिज्य महासंघ का केन्द्रिय सदस्य साथै कृषि उधम केन्द्रका सहसभापति समेत हुन ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह