
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन सकिने अन्तिम म्याद आज असोज ५ गतेसम्म कायम गरिएको छ। कम्पनीले भदौ ३ गतेदेखि हकप्रद निष्काशन खुला गरेको हो।
यसअघि भदौ ३१ गतेसम्म तोकिएको आवेदन अवधि हाल देशको असामान्य अवस्थालाई दृष्टिगत गर्दै फेरि थपिएको हो। यस अनुसार लगानीकर्ताले असोज ५ गतेसम्म आवेदन दिन पाउनेछन्।
कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता दिने अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ। यसमार्फत ४६ लाख ५७ हजार १४३ कित्ता सेयर जारी गरिएको छ, जसको कुल मूल्य ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबर हुन्छ।
यस प्रयोजनका लागि कम्पनीले असार २७ गते बुकक्लोज गरेको थियो। त्यसैले असार २६ गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ। यसबाहेक लगानीकर्ताले कुमारी बैंकको ललितपुर शाखा, सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठिमी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखाबाट पनि आवेदन दिन सक्नेछन्।
यस्तै, आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट वा सीडीएससीको ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस हकप्रद निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी रेटिङ दिएको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता