
काठमाडौं । सालपा विकास बैंकको आईपीओमा करिब २४ लाखको आवेदन परेको छ । बैंकको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४०७ जनाले आवेदन छन् ।
सिडिएसका अनुसार कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता सेयरको लागि आवेदन माग गरेकोमा २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो । उक्त आवेदन माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको छ ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।
बैंकले अब बाँकी शेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।











समाचार
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन
मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान