
काठमाडौं । सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेको छ । बजार २६३९.६७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनी ८४ हजार २६९ पटक कारोबार हुँदा १ करोड २३ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। यो रकम आइतबारको तुलनामा १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँले बढी हो । आइतबार कारोबार रकम ५ अर्ब १ करोड ७५ लाख रुपैयाँ थियो ।
यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ०.६५ प्रतिशत, विकास बैंक २.७०,वित्त ०.८३, होटल्स तथा पर्यटन समूह २.५३, जलविद्युत १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, उत्पादन र प्रशोधन ३.०५, लघुवित्त ०.५३, म्युअुचल फण्ड०.४३,निर्जीवन बीमा ०.४२, अन्य समूह ०.७८ र व्यापार समूह १.०९ प्रतिशतले बढेका छन् ।
त्यसतै ६ कम्पनीको मूल्य १० प्रतिशतले बढेका छन् । सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर १० प्रतिशतले बढेका छन् । दरामखोला हाइड्रोपावरको ९.५४ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आदारमा यस दिन शिवम् सिमेन्ट पहिलो सथनमा रहेको छ । यस कमपनीको ३८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो । बन्दीपुर केबुलकार २० करोड ९१ लाख , एसवाई प्यानल १७ करोड ५१ लाख, श्रीनगर एग्रिटेक १६ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह