
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा साढे २२ प्रतिशतको वृद्धि देखिएको हो ।
नाफासँगै बैंकका अधिकांश सूचक सकारात्मक देखिएका छन् । वित्तीय विवरण अनुसार बैंकको अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस सहितका अधिकांश वित्तीय सूचकमा उल्लेख्य ग्रोथ देखिएको छ । गत आवको अन्तिमसम्ममा बैंकको नाफा ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा २२.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्तिमसम्ममा बैंकको नाफा ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । गत आवमा बैंकको यस्तो आम्दानी १६ अबै २० करोड ३० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा २.६८ प्रतिशतले कम हो । अघिल्लो बर्ष यस्तो आम्दानी १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी ३ अर्ब २२ करोड १७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड ५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २१ अर्ब २४ करोड ९१ लाख रुपैयाँबाट २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ नाघेको छ ।
त्यसैगरी बैंकको सञ्चालन मुनाफा बढेर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा २० प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो मुनाफा ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १३.३२ रुपैयाँबाट १६.३४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.८६ प्रतिशतबाट सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ । बैंकको आधार दर ५.७६ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ कायम भएको छ । ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको रिजर्भ कोषमा २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ सञ्चिति रहेको छ ।












समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना