काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त भएकी छिन् ।आज बसेको मन्त्रिपरिषद् बैठकले पौडेलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।
सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको अध्यक्षमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको बताए । पौडेल यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा थिइन् ।