
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर १६ गतेदेखि फागुन १५ गतेसम्म परेका दाबी निवेदनको भुक्तानी लिन आउन बीमितलाई आग्रह गरेको छ।
उक्त अवधिमा परेका दाबी निवेदनहरूमध्ये केहीमा दाबी मूल्यांकनका लागि आवश्यक कागजात पेश नभएको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएका कारण दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ।
त्यस्तो दाबीमा अबको ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालयहरू, शाखाहरूमा र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरहरूलाई सम्पर्क गर्न आग्रह गरेको हो।
तोकिएको ३५ दिनभित्र पनि आवश्यक कागजात पेश नगरेमा वा सम्पर्कमा नआएमा त्यस्तो बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले जानकारी दिएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व