सल्यानमा २९ हजार ६१३ मत गणना हुँदा नेकपाका रमेश मल्ल अगाडि

सल्यान । सल्यानमा २९ हजार ६१३ मत गणना सकिएको छ । अहिलेसम्म नेपाल कम्युनिस्ट पार्टीका रमेश मल्लले अग्रता कायम राखेका छन् ।

पछिल्लो परिणाम अनुसार ९ हजार १०२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले ६ हजार ८६४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेस का केशबहादुर विष्टले ५ हजार ८२६ मत तथा नेकपा एमालेका गुलाबजङ्ग शाहले ५ हजार १८७ मत प्राप्त गरेका छन् । हालसम्मको गणनामा २८ हजार २७३ सदर र १३४० मत बदर भएको छ । अहिले शारदा नगरपालिका र कालीमाटी गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार