
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उपहार कुपन प्राप्त गर्न वस्तु तथा सेवा खरिदको बीजक अनिवार्य रूपमा लिनुपर्ने जनाएको छ। विभागले बिहीबार सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत असोज १ गतेदेखि १५ गतेसम्मको उपहार कुपन यही असोज १६ गते खोलिने तथा विजेताको घोषणा गरिने जनाएको हो।
विभागका अनुसार उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज १५ गतेभित्र prize.ird.gov.np मा गई खरिद बीलसम्बन्धी विवरण प्रविष्ट गरेर उपहार कुपन प्राप्त गर्न सक्नेछन्। उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बील अनिवार्य भएकाले सबै उपभोक्तालाई वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बील लिन विभागले अनुरोध गरेको छ।
त्यस्तै, वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बील वा बीजक जारी गर्नुपर्ने विभागले जनाएको छ। बिक्री बील वा बीजक जारी नगर्ने व्यवसायीलाई समेत विभागले सूचित गरेको छ।










समाचार
सरकारी प्रसारण लाइन निजी क्षेत्रका लागि खुला, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
ऊर्जा क्षेत्रमा लगानीको नयाँ बाटो खुल्योः ऊर्जामन्त्री
सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए, चीन र सार्क क्षेत्रबाट उल्लेख्य वृद्धि
विपद्पछिको पुनःस्थापनामा अष्ट्रेलियाको साथ, प्रधानमन्त्री शाहले दिए धन्यवाद
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
दुईतिहाइ नजिकको शक्ति प्रयोग गरेर भ्रष्टाचारीलाई कारबाही गरे श्रम संस्कृतिले जुनुसकै सहयोग गर्छ : आरेन राई
अर्थतन्त्रसँग सम्बन्धित तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ८९ करोड
विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध भएको कालीगण्डकी करिडोर आयो सञ्चालनमा
जलवायु जोखिम न्यूनीकरणका लागि अन्नपूर्ण आधार शिविरमै गाउँ कार्यपालिकाको बैठक