
काठमाडौं । इरानबाट भारतको राजधानी नयाँदिल्ली आउने तयारीमा रहेको एक विमान अमेरिकी हवाई हमलामा परी क्षतिग्रस्त भएको छ । सोमबार महान एयरलाइन्सको एउटा विमान अमेरिकी हमलामा क्षतिग्रस्त भएको हो ।
यो विमान मशहद विमानस्थलमा पार्क गरिएको थियो र नयाँदिल्ली आउने तयारीमा थियो । औषधि र अन्य अत्यावश्यक राहत सामग्री ल्याउन भारत आउने तयारीमा रहेका बेला विमानमाथि हमला भएको हो । अमेरिका–इजरायल र इरानबीचको युद्ध आज ३१औँ दिनमा प्रवेश गरेको छ । तनाव साम्य हुने संकेत अझै देखिएको छैन ।
इरानमाथि ईयूले लगाएका प्रतिबन्ध अवधि थप
यसबीच युरोपेली संघ (ईयू) ले इरानमाथि लगाइएका मानवअधिकारसम्बन्धी प्रतिबन्धहरूलाई थप एक वर्षका लागि विस्तार गरेको छ । अब यी प्रतिबन्धहरू १३ अप्रिल २०२७ सम्म लागू रहनेछन् । ईयूले भनेको छ– प्रतिबन्धित व्यक्ति तथा संस्थाहरूले युरोपेली देशहरूमा यात्रा गर्न पाउने छैनन् र उनीहरूको सम्पत्ति जफत वा फ्रिज गरिनेछ । साथै, नागरिकमाथि निगरानी वा दमन गर्न प्रयोग हुन सक्ने उपकरणहरू इरानमा निर्यात गर्न पनि रोक लगाइने छ ।
यसैबीच, इरानको संसदको सुरक्षा समितिले सोमबार होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) व्यवस्थापन योजनालाई स्वीकृति दिएको छ । इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आई.आर.आई.बी.) का अनुसार, यस योजनामा उक्त रणनीतिक जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने व्यवस्था गरिएको छ ।
यस योजना अन्तर्गत अमेरिकी र इजरायली जहाजहरूको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइने प्रावधान पनि समावेश गरिएको छ ।













समाचार
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’
सिरुबारी पहिरोः बेनी-जोमसोम सडकको मुख्य चुनौती
ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग र रिसाइक्लिङका लागि स्पष्ट तथा व्यवस्थित प्रणाली आवश्यक : सरोकारवालाहरु
नाइमा एक्स्पोमा बढ्दो भीड, शनिबार र आइतबार व्यवस्थापनमा विशेष तयारी
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
एनसेलसँग सम्वन्धित प्रतिवेदन सार्वजनिक नगर्न र क्रियान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
महानगर प्रमुख आचार्यसँग रसियन दूतावासका प्रतिनिधिको भेट
पाँचतारे होटललाई ग्यास कालोबजारीको आरोप लगाएको भन्दै हानको आपत्ति
‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’