
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
समितीले भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबास गरेका १३ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको हो। समितिले सार्वजनिक गरेको विवरण अनुसार केहि जग्गा आवास प्रयोजनका लागि छन् भने केहि जग्गा कृषि प्रयोजनका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।













समाचार
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
बाजुरामा दसैँको चहलपहल: बजारमा भीड, खेतमा व्यस्त किसान
नवरात्रको पाचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
मनसुन बाहिरियो, स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलर र युरो सस्तीयो, पाउण्ड मंहगो हुँदा कुन देशको विनिमयदर कति ?