
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार नाफामा गिरावट देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीको नाफा गत बर्षको तुलनामा ६६.७३ प्रतिशतले घटेर ११ करोड ५ लाख रुपैयाँमा सिमित भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड २३ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन गत बर्षको तुलनामा १५.८५ प्रतिशतले वृद्धि भएको छ । गत बर्षगत बर्ष १ अर्ब २४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्ममा आइपुग्दा १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी भने गत बर्षको तुलनामा २८.८१ प्रतिशतले वृद्धि भएर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने महापिपत्ति कोषमा ८ करोड ७७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) ५ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५.२८ रुपैयाँ रहेको छ ।













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?