
काठमाडौं । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग तथा भोजन वितरण गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रम प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले संस्थालाई एक लाख रुपैयाँ नगद सहयोग प्रदान गर्नुका साथै २०० बालबालिकाका लागि भोजनको व्यवस्था गरेका थिए।
कार्यक्रममा होटलका प्रतिनिधि तथा संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो। यस पहलले समाजबाट प्रायः ओझेलमा पर्ने समुदायप्रति आत्मीयता र ऐक्यबद्धताको भावना झल्काएको थियो।
‘प्रिजनर्स असिस्टेन्स नेपाल’ मुख्यतः कारागारमा रहेका अभिभावकका बालबालिकाको पूर्ण हेरचाहमा समर्पित संस्था हो। संस्थाले ती बालबालिकालाई आवश्यक सहयोग, माया र अवसर प्रदान गर्न निरन्तर काम गर्दै आएको छ।
साथै, यो संस्था कारागारलाई बन्दीहरूले भविष्य निर्माण गर्न सक्ने सकारात्मक स्थानका रूपमा विकास गर्ने दिशामा पनि सक्रिय छ। यस्ता सहयोगहरूले बालबालिका र उनीहरूको परिवारमा सम्मान र आशाको भावना पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
नगद सहयोगले संस्थाको सञ्चालन आवश्यकतामा सहयोग पुग्नेछ भने भोजन कार्यक्रमबाट संस्थामा आश्रित २०० बालबालिकाले प्रत्यक्ष लाभ पाउनेछन्।
यस अवसरमा काठमाडौं मेरियट होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले भने, “कुनै पनि बालबालिकाले आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण पीडा भोग्न नपरोस्।
यी बालबालिकाले जीवनमा धेरै कठिनाइ भोगिसकेका छन्, र उनीहरूलाई सम्मान, हेरचाह तथा राम्रो भविष्यको आशासहित हुर्कने वातावरण सुनिश्चित गर्नु हामी सबैको जिम्मेवारी हो।”
साँचो हस्पिटालिटी होटलको सीमाभित्र मात्र सीमित हुँदैन भन्नेमा काठमाडौं मेरियट होटल विश्वस्त छ। यसले शहरलाई जीवन्त बनाउने मानिस र समुदायप्रति जिम्मेवारी र संवेदनशीलता पनि समेटेको छ।
यो CSR पहल सोही विश्वास र समाजका सबैभन्दा संवेदनशील वर्गको जीवनमा सकारात्मक तथा दीर्घकालीन परिवर्तन ल्याउने होटलको निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो।













समाचार
इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन