
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) द्वारा आउँदो भाद्र ९ देखी १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा , वित्तीय सेवा एबम अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको एकमात्र भव्य प्रदर्शनीको १८औं संस्करणक “नाडा अटो शो २०२६” आयोजना गरिने भएको छ। नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्मका लागि खुल्ला गरिएको छ।
नाडा अटो शोले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्दै आएको छ। यस प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरणहरू व्यवस्थापक कम्पनी Global Exposition बाट प्राप्त गर्न सकिनेछ। सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी यस प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न हार्दिक अनुरोध गर्दछौं।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन