विभिन्न पुस्तकमा प्रकाशित भ्रामक सामाग्रीका सम्बन्धमा पब्लिकेशन, लेखक र नेपाल शेर्पा संघबीच छलफल

काठमाडौं । विभिन्न पुस्तकमा प्रकाशित भ्रामक सामाग्रीका सम्बन्धमा पब्लिकेशन, लेखक र नेपाल शेर्पा संघले बीच छलफल भएको छ । संघले एक प्रेस विज्ञप्ति जारी गरेर अब उप्रान्त यस्ता कार्यहरु नगर्न आग्रह गर्दै छलफल भएको जनाएको हो ।

‘विभिन्न प्रकाशन गृहबाट प्रकाशित पुस्तक, लोकसेवा, शिक्षक लगायत विभिन्न सेवा आयोग र सामान्य ज्ञानमा राखिएको बौद्धमार्गी, शेर्पा समुदाय लगायतका विषयमा लेखिएका र प्रकाशन भएका विभिन्न भ्रामक र कपोल्पित सामाग्रीको सम्बन्धमा नेपाल शेर्पा संघको गम्भिर ध्यानाकर्षण भई चरणबद्ध छलफल र सम्बन्धित पक्षलाई सच्याउन दबाबमुलक कार्य गर्दै आएको व्यहोरा विधितै छ । केही समयअघि विद्या विकास पब्लिकेशनबाट प्रकाशित माध्यमिक शिक्षा प्रश्नपत्र÷सफलताको साथी –लेखकहरु पदमराज आचार्य, मित्रप्रसाद पोखरेल र कैलाश ढकाल, त्यस्तै, जेवि पब्लिकेशन, गुरु पब्लिकेशन, प्रज्ञान पब्लिकेशन, दीपमाला पब्लिकेशनबाट र माध्यमिक तह शिक्षक दिशानिर्देश, प्रथम पत्रः सामान्य परीक्षा –लेखकः गोविन्द प्र.पौडेल, ऋषिकुमार खनाल र प्रेम ब. बड्ुवाल लगायतका पुस्तकमा …ढावा तथा झुमा प्रथा, अवतरी लामा बन्ने प्रकृया’ लगायत विषयमा अत्यन्तै गलत, कपोल्पित र भ्रामक सामाग्री प्रकाशन गरी आम बौद्धमार्गी, शेर्पा लगायत हिमाली समुदायको आत्मसम्मानमा गम्भिर आँच पुर्याउने कार्यप्रति नेपाल बौद्ध महासंघको अगुवाईमा नेपाल शेर्पा संघका प्रतिनिधिहरुले उक्त सामाग्री सचयाउन निरन्तर खबरदारी र सम्बन्धित लेखक, प्रकाशन गृहलाई ताकेता गर्ने क्रममा मिति २०८३ जेठ १८ गते बौद्धस्थित उत्पला क्याफेमा बौद्ध महासंघ, नेपाल शेर्पा संघ, तामाङ बौद्ध महासंघ, ह्याल्मो लगायत हिमाली आदिवासी, शेर्पा विद्यार्थी संघ र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, प्रकाशन गृहका प्रतिनिधि र लेखकहरुको संयूक्त छलफल सम्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसक्रममा नेपाल शेर्पा संघबाट उपाध्यक्ष तथा विभागीय प्रमुख दावा शेर्पाको नेतृत्वमा छलफलमा उपस्थित भई लेखक तथा प्रकाशकले सार्वजनिक रुपमा माफी मागी क्षमायाचना गर्ने, भ्रामक सामाग्री तत्काल हटाई पुनः प्रकाशन गर्ने, अब उप्रान्त यस खाले गल्ती दोहोरिन नदिन सम्बन्धितले प्रतिबद्धता व्यक्त गर्ने लगायतका कार्यभएको छ ।

त्यस्तै, बौद्धमार्गी तथा शेर्पा लगायत हिमाली आदिवासी समुदायको सम्बन्धमा लेखक, प्रकाशक अत्यन्तै सम्बेदनशिल रहने, सम्बन्धि सम्प्रदाय, समुदायबाट प्रमाणित सामाग्रीहरु मात्रै प्रकाशन गर्ने, लोकसेवा आयोग लगायतमा सोधिने प्रश्नहरुलाई सच्याउन सामुहिक पहल गर्ने लगायत निर्णय भएकाले उक्त पुस्तकहरुमा उल्लेखित झुमा, ढावा प्रथा र अवतरी बन्ने प्रकृया लगायतको विषयलाई ग्रहण नगर्न र कुनै पुस्तक वा पाठ्य सामाग्रीमा त्यस्त भ्रामक सामाग्री समावेश भएको भए हटाउन÷सच्याउन समेत संघले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार