
काठमाडौं । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रवार काठमाडौं आएका छन् । शुक्रवार बिहान भारतबाट काठमाडौं ओर्लिएका नाम्ग्यालले बौद्ध स्तुपको अवलोकन गरेका छन् । झन्डै एक घण्टा बौद्ध क्षेत्रमा बिताएका उनले पूजाआजा पनि गरेका थिए ।

निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनले छोटो नेपाल बसाईको क्रममा दुई महत्वपूर्ण बौद्ध तिर्थस्थलको दर्शन गरेका हुन् । भुटानी राजा वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भू परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए । करिब आधा घण्टा त्यहाँ रहेका भुटानी नरेशले स्वयम्भूबाटै काठमाडौँ उपत्यकाको अवलोकन पनि गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आज नै उनी स्वदेश फर्किएका छन् । नेपालमा रहँदा उनले कसैसँग औपचारिक भेटघाट भने गरेनन् ।


नेपालमै जन्मिएका भुटानी राजा
भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक नेपालमै जन्मिएका हुन् । राजा जिग्मेले आफू नेपालमा जन्मेको र नेपालीसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै आएका छन् । त्यस्तै राजा जिग्मेले नेपाल र भुटानबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र दुबै देश भूपरिवेष्ठित रहेकाले मिलेर अघि बढ्नुपर्नेमा समेत जोड दिने गरेका छन् ।
राजा जिग्मेको सन् १९८० मा नेपालको प्रसूति गृहमा जन्म भएको थियो । उनकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उनको जन्म नेपालमा भएको हो । नेपालमा राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको थियो । जानकारहरुका अनुसार तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेको र पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ । त्यतिबेला राजा वीरेन्द्रले भुटानी राजपरिवारप्रति सहयोग तथा सद्भाव राखेका थिए । दुबै देशका राजपरिवारबीच घनिष्ठ सम्बन्ध थियो । केही समय अघि भुटानी राजपरिवारतको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र शाह भुटानको भ्रमणमा गएका थिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम