
काठमाडौं । फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेस सम्झौता भएको छ। पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा तिनका परिवारलाई आँखाको विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो।
सम्झौताअन्तर्गत आइएमई खल्तीका कर्मचारीले निःशुल्क व्यापक आँखा परीक्षण, निःशुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्टको सुविधा पाउनेछन्। यी सेवाहरू भिजन कन्सका बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूमा उपलब्ध हुनेछन्।
चिकित्सा सेवाका अतिरिक्त आर्थिक सुविधा पनि प्रदान गरिनेछ। छनोट गरिएका अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म छुट, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट तथा प्रिस्क्रिप्सन गिलास र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइनेछ।
यसका साथै भिजन कन्सले डिजिटल आँखा थकानसम्बन्धी विशेष जागरण कार्यक्रम पनि सञ्चालन गर्नेछ भने आइएमई खल्तीले आफ्ना कर्मचारीबीच यी सुविधाको प्रचारप्रसार गर्नेछ। यो सहकार्य एक वर्षका लागि लागू रहनेछ र सहज कार्यान्वयनका लागि दुवै संस्थाले आ(आफ्नो समन्वयकर्ता नियुक्त गर्नेछन्।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात