
रुपन्देही। मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान यस वर्ष बोरिङ र पम्पसेटको भरमा धान रोप्न बाध्य भएका छन् । जिल्लाका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिका तथा लुम्बिनी सांस्कृतिक नगरपालिकालगायतका क्षेत्रमा भूमिगत पानी तानेर धान रोपाइँ भइरहेको छ ।
विगतका वर्षमा आकाशे पानी र कुलोको सिँचाइमा निर्भर रहने किसान यस वर्ष चर्को घामबीच महँगो खर्च गरेर बोरिङ सञ्चालन गर्न बाध्य भएको स्थानीयहरूले बताएका छन् । समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहानले वर्षौंदेखि निर्माण भएका कुलोहरू संरक्षण र मर्मतको अभावमा प्रयोगविहीन बनेकाले खेतसम्म सिँचाइको पानी पुग्न नसकेको बताए । ‘कुलो छन्, तर पानी छैन, मर्मत नहुँदा किसानले त्यसको लाभ लिन सकेका छैनन्’, उनले भने ।
मर्चवारी गाउँपालिकाका स्थानीय बैजनाथ बरइका अनुसार अहिले अधिकांशले पम्पसेटमार्फत सिँचाइ गरिरहेका छन् । किसानहरूले तीन–चारवटा पम्पसेट एकैसाथ सञ्चालन गरेर रोपाइँ भइरहेको उनको भनाइ छ ।
स्थानीयका अनुसार मर्चवारसहित रुपन्देहीका दक्षिणी क्षेत्रमा स्थायी सिँचाइ प्रणाली नहुँदा प्रत्येक वर्ष किसानले यस्तै समस्या भोग्दै आएका छन् । भूमिगत पानीमा बढ्दो निर्भरता, डिजेल तथा विद्युत् खर्च र मौसमको अनिश्चितताले खेतीको लागतसमेत उल्लेखनीय रूपमा बढाएको उनीहरूको भनाइ छ ।













समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर